कञ्चनपुर दम्पती हत्या प्रकरणः   बालिकाको स्वास्थ्य अवस्था विग्रिँदै

शुक्रबार, १६ फागुन २०७६    क्यापीटल संवाददाता



कञ्चनपुर दम्पती हत्या प्रकरणः   बालिकाको स्वास्थ्य अवस्था विग्रिँदै

कञ्चनपुर, फागुन १६ ।
कञ्चनपुरमा भण्डारी दम्पत्तीको विभत्स हत्या भएपछि दूधे बालिकाको अवस्था बिग्रिँदै गएको छ । आमाबाबु गुमेपछि घटनामा बाँच्न सफल भएकी दुधे बालिकाको विचल्ली भएको हो । उनी बिहीबार रातीदेखि नै बिरामी भएकी छिन् । 

मामा घरमा राखिएका नाबालिकाको महेन्द्रनगरको मालिकार्जुन निजी अस्पतालमा उपचार भईरहेको छ । बालिकामा आफन्त राम बहादुर रावलले उपचारका लागि महेन्द्रनगर ल्याएका छन् । ‘हिजो देखि बालिका बिरामी थिईन, ‘उनले भने, ‘एक्कासी काँपीरहेकी छिन् ।’ समान्य दूध खाएपनि बालिकाका अन्य केही खाना नखाएको उनले बताए । स्थानीय अस्पतालमा लगेपछि निको नभएका कारण शुक्रबार बिहान महेन्द्रनगर अस्पतालमा ल्याएको उनले बताए । बालिकालाई कसको जिम्मा लगाउने भन्ने विषयमा अन्यौलता छाएको छ ।

बुधवार अलग–अलग घरमा आमावुवाको हत्या भएपछि  शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवारका जयलाल भण्डारी  र उनकी श्रीमती धनादेवि भण्डारीको हत्या भएपछि ६ महिने बालिकाको विचल्ली भएको हो । आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । 

झलारीका स्थानीय युवा एव मृतका आफन्त प्रतिक रावलले आफ्नो बहिनी–ज्वाईको हत्यारा यथाशिघ्र पत्तालगाइ घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै आफ्नो भान्जीको जिवन रक्षाको,भरपोषण र सुरक्षाको माग गरे । 
अधिकारकर्मी माया नेगीले यो घटना मानवता बिरोध अपराध भएको टिप्पणी गरे । दुधे नाबालिकाको विचल्ली पारेर गरिएको यो घटना कहालिलाग्दो भएको बताउदै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘आमाबाबु दुवै नभएको अवस्थामा यस्ता टुहुरा बालबालिकाको राज्यले सम्पूर्ण भरणपोषण गर्नुपर्छ, ‘उनले भने, ‘बालिकाको राज्यले व्यवस्थापन गर्नुपर्छ ।’ कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । 
घटना स्थलमा रातभरी प्रहरी राखेर कुकुर समेत प्रयोग गरेको प्रहरीले घटना बारे थप प्रमाण संकलन गरिरहेको छ । घटनाको चौतर्फि भत्सर्ना एक निन्दा गरिएकोछ  । घटना स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । गत वुधवार राती भण्डारी दम्पतीको आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 


प्रतिकृया दिनुहोस