बच्चा सहितको नारिमाथी इन्स्पेक्टरको लाठी (भिडियो सहित)

शुक्रबार, १६ फागुन २०७६    Capital Live News



बच्चा सहितको नारिमाथी इन्स्पेक्टरको लाठी (भिडियो सहित)

काठमाडौं, फागुन १६  । 
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्न पुगेका महिलाहरु माथि विहिवार प्रहरीले लाठी वर्षा यो । माला शाह नाम गरेकी महिलासंग काठमाडौंको रातो पुलमा १८ वर्ष सम्म श्रीमान श्रीमतीको हैसियतमा बसेका हेमले मालालाई वास्ता गर्न छोडेपछि माला न्यायको खोजिमा मिडिया र प्रहरीको सहारा लिन पुगेकी छन् ।


वारम्बार मिडिया मार्फत सम्पर्कमा आउन आग्रह गरेकी माला विहिवार हेमको भैसेपाटी स्थित हेमको घरमा केही महिला लिएर पुगेकी थिइन् । सो क्रममा प्रहरीले मालासंग गएका महिलालाई घरवाट नि य न्त्रण मा लिएको छि । ६ जना महिलालाई प्रहरीले नि य न्त्रण मा लिएको हो । केही माथि प्रहरीले लाठी प्रहार समेत गरेको छ । अहिले नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ति महिलाको नाम हेमा श्रेष्ठ हो । श्रेष्ठ आफुलाई महिला अधिकारवादी बताउँछिन् । ति महिला मालालाई समर्थन गर्दै भिडियोमा पनि सार्वजनिक भएकी थिइन् ।

भिडियोमा देखिएका बेला उनी बच्चासहित छिन् । पौडेल महानगरीय प्रहरी वृत्त, भैंसेपाटीका इञ्चार्जको रुपमा कार्यरत छन् । अर्काको घरमा छिरेर हुल हुज्जत र तोड फोड गरेपछि सामान्य बल प्रयोग गरिएको पौडेल बताउँछन् । माला हेमको घरमा जाँदा थुप्रै मिडियाकर्मी पनि त्यहाँ पुगेका थिए । तर भिडियोमा महिलाले तोड फोड गरेको भने देखिएको छैन ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा भदौमा खत्रीले तीन महिलाले आफूमाथि कुट पिट गरेको भन्दै उजुरी दिएका थिए । मोबाइलसमेत लुटेर लगेको उनको दाबी थियो । उजुरीउपर सुनुवाई गर्ने क्रममा अन्य दुई जना भागे भने शाहसँग प्रहरीले सोधपुछ गर्‍यो । त्यस क्रममा शाह र खत्रीको सम्बन्ध सतहमा आयो र अनुसन्धानले अर्को मोड लियो । यो विषय प्रहरीमा पुग्नु अगावै शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् ।

शाहले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको दाबी गरेकी छन् । हेमले शाहलाई दुई बच्चा सहित घरमा ल्याएका थिए । विवाह गरेर दुई बच्चा जन्माइसकेकी मालालाई उनले जबरजस्ती विवाह गरेर १८ वर्ष सम्म संगै बसेको मालाको दावी छ । तर, खत्रीले द्वन्द्वको समयमा शाह आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको दाबी छ । ललितपुर प्रहरीले दुवै पक्षलाई राखेर ६ पटकसम्म छलफल गरायो । महिलाले खत्रीलाई छोराछोरी पढाउन २० लाख रुपैयाँ पनि दिएको दाबी गरेकी छन् । त्यो पनि फिर्ता पाउनुपर्ने उनको दाबी छ ।


Tags : #iCBjR3Di9lo

प्रतिकृया दिनुहोस