सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सकियोः मन्त्री अर्याल

शुक्रबार, १६ फागुन २०७६    Capital Live News



सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सकियोः मन्त्री अर्याल

काठमाडौं, फागुन १६ ।
भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सकिएको बताएकी छिन्। 


शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरूको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन्। नेपालले पहिलोपटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम सुरु गरेको हो। 

नेपालको नक्सा निर्माणका लागि बनेको प्राविधि टिमले सुझाव पेश गरेको र नापी विभागले बनाएको टिमले काम अन्तिम चरणमा पुर्‍याएको उनले बताइन्। पहिलोपटक नापनक्साको काम लाइडर नापी जस्ता अत्याधुनिक प्रविधि प्रयोगको गरिएको छ। 


प्रतिकृया दिनुहोस