१४औं वार्षिकोत्सवको अवसर पारी धनगढीको नवजिबन अस्पतालद्वारा ३० जनाको निशुल्क शल्यक्रिया

यती जटील अप्रेशन आधुनीक प्रविधी प्रयोग गरी नेपालमै निशुल्क रुपमा शल्यक्रिया गरीएको पहिलो पटक हो ।

बिहिबार, १५ फागुन २०७६    क्यापीटल संवाददाता



१४औं वार्षिकोत्सवको अवसर पारी धनगढीको नवजिबन अस्पतालद्वारा ३० जनाको निशुल्क शल्यक्रिया

धनगढी, फागुन १५ । 
धनगढीको नबजीवन अस्पताल प्रा.ली.ले १४ औं वार्षिकोत्सवको अवसर पारी ३० जना विरामीहरुको अत्याधुनिक मिनी पिसिएनएल पद्दती वाट निशुल्क शल्यक्रिया गरेको छ ।  

कुवेतको रेडक्रिसेन्ट सोसाईटी प्रावीधिक तथा आर्थिक सहयोगमा आर्थीक अवस्था कमजोर भएका विरामीहरु हरुलाइ स्थानीय निकायको सिफारीसको आधारमा निशुल्क शल्यक्रिया गरेको अस्पतालका सञ्चालक योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

प्रोष्टेट ग्रन्थी, पिसावनली र किडनीमा फसेर रहेको पत्थरीको मिनी पिसिएनएल पद्दती वाट शल्यक्रिया गरीएको हो । यसरी शल्यक्रिया गर्दा बच्चाहरु बाहेक वयस्कहरुको शरिरको आधी भाग मात्र बेहोस बनाई विरामीको पत्थरी भएको ठाउंमा ५ एमएमको मसिनो प्वाल बनाई दुरवीनको साहायता वाट पत्थरी निकाल्ने गरीएको बरिष्ठ युरो सर्जन डा. सञ्जय खड्कीले बताउनुभयो ।

यस प्रवीधी वाट शल्यक्रिया गर्दा कम जटिलता आउने, ठुलो चिरा लाउनुनपर्ने, विरामी २४ देखी ४८ घण्टा भित्र डिसचार्ज हुन सकिने डा। खडकीले जानकारी दिनुभयो ।

डा. खडकीका अनुसार प्रोष्टेट बाईपोलार टियुआरपी २१ औं शताब्दीको आधुनीक प्रवधीको शल्यक्रिया विधी हो । जसमा विरामीलाई आधा शरीर मात्र बेहोस बनाई दुरवीनको माध्यबाट प्रोष्टेट ग्रन्थीलाई टुक्रा टुक्रा बनाई बाहीर निकालीने प्रवीधी हो ।

यसमा प्राय विरामीहरु ४८ घण्टा भित्र डिसचार्ज हुन्छ । अप्रेशन पश्चात विरामीको पिसावको धारा सुनिश्चीत हुने शल्यक्रिया शिविरमा संलग्न बरिष्ट युरोसर्जन डा। संजय खड्गीको दावी छ । डा. खड्गी नेपालमा मिनिपिसिएनएल प्रविधी नेपाल भित्र्याउने पहिलो युरोलोजिष्ट हुनुहुन्छ ।

यती जटील अप्रेशन आधुनीक प्रविधी प्रयोग गरी नेपालमै निशुल्क रुपमा शल्यक्रिया गरीएको पहिलो पटक हो ।

उक्त शल्यक्रियामा बरिष्ट युरो सर्जन डा. संजय खड्की संगै एनेश्थेसीयो लोजीष्ट डा. रोजी जोशी पाठक,जेनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा. आनन्द पाठक,डा. किसन प्रसाद शाह लगायत अन्य प्यारामेडिकल कर्मचारीहरु सहभागी हुनुभएको थियो । वार्षिकोत्सवको अवसरमा ९१ जना लाइ ओपीमा निशुल्क चेकजाँच गरीएको अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस