विपीन ट्रेनिङ्ग एण्ड रिर्सच सेन्टर धनगढीद्धारा ठगी

बिहिबार, १५ फागुन २०७६    क्यापीटल संवाददाता



विपीन ट्रेनिङ्ग एण्ड रिर्सच सेन्टर धनगढीद्धारा ठगी

धनगढी, फागुन १५ ।
धनगढीको विपीन ट्रेनिङ्ग एण्ड रिर्सच सेन्टरले शिक्षकको अध्यापन गराए बाफतको पारीश्रमिक नदिएको आरोप लागेको छ । 


धनगढीको एल.एन. चौकमा रहेको उक्त शैक्षिक संस्थाले अध्यापन गराए बाफतको रकम नदिएको गोदावरी नगरपालिकाका योजना अधिकृत जगदिस जोशीले बताउनुभयो । 

 

उहाँले भन्नुभयो, ‘बिदाको समयमा कार्यालयबाट अनुमति लिएर अध्यापन गरेको थिएँ तर जम्मा ११ कक्षा मध्ये ४ कक्षा संञ्चालनको रु.१२ हजार पाएँ तर ७ वटा कक्षा अध्यापन गराए बाफतको रु.२१ हजार भने अझै पाएको छैन ।’ 

 

गत माघ महिनामा लोकसेवा आयोगले लिने नायब सुुब्बाको तयारी कक्षा सञ्चालन गरेपनि सो बाफतको पारीश्रमिक नपाएको जोशीले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘सम्झौता अनुरुप कक्षा सकिएको एक महिना पुरा हुँदा सम्म पनि पारीश्रमिक पाईएन, पटक(पटक खबर गर्दा जे गर्न सक्छस गर तर पारीश्रमिक दिन्न भन्दै सञ्चालकको (साला) नाता पर्ने ब्यक्तिले धम्की दिए ।’ 

 

त्यस्तै जोशीले सहमती अनुसार कक्षा अध्यापन गरीसक्ने अन्तिम दिन पारिश्रमिक दिनुपर्ने भएतापनि अध्यापन गराईसकेको एक महिना बितिसक्दा आफुले काम गरेबाफत पाउनुपर्ने पारीश्रमिक नपाएको र आफ्नो श्रम शोषण भएको गुनासो गर्नुभयो । 


प्रतिकृया दिनुहोस