राष्ट्रपति भण्डारीद्वारा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन

महोत्सव फागुन २० गते सम्म संचालन हुने

बुधबार, १४ फागुन २०७६    समीर भट्ट



राष्ट्रपति भण्डारीद्वारा विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन

धनगढी, फागुन १४ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएकाृे छ । राष्ट्रपति भण्डारीले पानसमा दियो जलाएर महोत्सवको उद्घाटन गर्नुभएको हो ।

फागुन २० गते सम्म संचालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिक लगायत विभिन्न विषयहरुमा सत्रहरु हुने छन । उद्योग मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नारदमुनि राना लगायतका नेताहरु राजनीति, विकासलगायत विषयका वक्ताका रुपमा आफ्ना भनाई राख्नुभएकोको छ ।

 

सिक्कीमका पूर्वमुख्यमन्त्री चामलिङले अवश्यपनि कार्यक्र अवधिभर महोत्सवको अवलोकन गर्ने बाचा गर्नुभएको कुरा आयोजकले जनाएको छ ।


 


प्रतिकृया दिनुहोस