ताजा अपडेट

४,१११ जनाको परीक्षण गर्दा ३२३ जनामा कोरोना पोजेटिभ, संक्रमितको कुल संख्या ३,२३५ पुग्यो     |     सुदूरपश्चिममा देखियो सुत्केरी महिलालामा कोरोना, संक्रमित महिला भारतबाट आएको पुष्टि     |     नेपालमा कोरोनाका संक्रमणबाट थप एकको मृत्यु, देशभर मृतकको संख्या १२ पुग्यो     |     स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर     |     बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |    

निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैनः अर्थमन्त्री

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैनः अर्थमन्त्री

काठमाडौं, पौष २९ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् ।

 

मंगलबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा। खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै उनले आयोजनापूर्वको तयारी सक्न र आयोजना सुरु भएपछि स्रोतको जिम्मा अर्थ मन्त्रालयले लिने उल्लेख गरे ।

 

राष्ट्रिय–अन्तर्राष्ट्रिय जहाँबाट भए पनि स्रोत व्यवस्थापन गरी विमानस्थल निर्माण गरिने उनको प्रतिबद्धता थियो ।

 

उनले विमानस्थल निर्माण क्षेत्रको अवलोकन गर्दै वस्ती व्यवस्थापन, जग्गा अधिग्रहण, वन तथा रूखले चर्चेको क्षेत्रफलको जानकारीसमेत लिएका थिए । केन्द्रमा समेत यस आयोजनालाई तीव्रता दिन निरन्तर काम भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस