ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

महिलाको टाउकोमा हस्तमैथुन गरेर भिडियो खिच्ने युवक समातिए

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



महिलाको टाउकोमा हस्तमैथुन गरेर भिडियो खिच्ने युवक समातिए

पौष, २९ ।
सार्वजनिक बसभित्र हस्तमैथुन गरेर महिलाको कपालमा छर्ने युवक एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले रविन सार्कीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । चितवनबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो ।

 

भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएका छन् । साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेका छन् ।

 

बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए । एसएसपी थापाका अनुसार घटना लगत्तै भारत भागेका रबिनले दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि ४ महिना बसेर पुनः दिल्ली गई ३(४ महिना अगाडि मात्रै दिल्लीबाट चितवन आएका थिए ।

 

सो भिडियो भाइरल भएपछि प्रहरीले बिशेष अनुसन्धान टोली बनाएर छानबिन गरेको थियो । एक वर्षपछि प्रहरीले सफलता पाएको हो ।

 

प्रतिकृया दिनुहोस