ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौँ, पौष २९ ।  
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिनुभयो ।

 

त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । “हामीले आङ्गिक क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “सम्बन्धन प्राप्त क्याम्पसले पनि सूचना जारी गरेर तयारी गर्न निर्देशन दिन्छौँ ।” क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ ।

 

उहाँका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ । त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन ।

प्रतिकृया दिनुहोस