ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

परमेश्‍वरको आदेश भन्दै युवतीमाथि बलात्कार, चर्चबाट पास्टर पक्राउ

ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पास्टर विश्‍वास जोशी भन्‍ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

मङ्गलबार, २९ पुष २०७६    Capital Live News



परमेश्‍वरको आदेश भन्दै युवतीमाथि बलात्कार, चर्चबाट पास्टर पक्राउ

काठमाडौं, पौष २९ ।
पाप मेटाउन भन्दै एकजना युवतीलाई तीन महिनादेखि बलात्कार गरेको अभियोगमा पास्टर पक्राउ परेका छन्। ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पास्टर विश्‍वास जोशी भन्‍ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

 

उनलाई प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। पीडित महिलाले लिखित जाहेरी दिएपछि ललितपुर प्रहरीले सोमबार पास्टर जोशीलाई हिरासतमा लिएको हो। बिरामी भएपछि राम्रो हुन्छ भन्‍ने ठानेर आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने गरेकी थिएँ।

 

त्यही क्रममा चर्चका पास्टर बताउने व्यक्तिले मलाई भेटेर तिमीले नराम्रो काम गरेकाले रोग लागेको हो भनेु, पीडितले भनेकी छन्, उक्त पाप मेटाउन तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भने। त्यसपछि म प्रार्थना बस्दा परमेश्‍वरले मलाई भन्‍नु भएको भन्दै शारीरिक सम्पर्क गरेपछि तिमीले गरेको पाप मासिएर गइ रोग पनि निको हुन्छ भनेर जबरजस्ती गरे।

 

ती महिलाले आफूलाई फकाएर विश्वासमा पारी तीन महिनादेखि बलात्कार गरेको उल्लेख गरेकी छन्। उनका अनुसार सुरुमा ललितपुरको चापागाउँमोडस्थित एक गेष्ट हाउस बोलाएर पास्टरले बलात्कार गरेका थिए।

 

उनलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ति नास भएर जाने भन्दै धम्की पनि दिएको खुलेको छ। दोस्रो पटक आफ्नै पसलमा आए जबरजस्ती करणी गरेको पीडितले बताएकी छन्।

 

आफूले अस्वीकार गरेपछि पहिले पनि शारीरिक सम्पर्क गरेकाले हल्ला गरिदिने भन्दै पास्टरले धम्की दिएर पसलको कोठामै बलात्कार गरेको पीडितले लेखेको जाहेरीमा भनिएको छ। उनीमाथि तेस्रो पटक यही पुसमा पसलकै कोठामा जबरजस्ती करणी गरेको पीडितले जनाएकी छन्।

 

प्रतिकृया दिनुहोस