ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

थारु जातीहरुको नयाँ साल माघीको अवसरमा धनगढी १४ सि गाउँमा माघि मिलन कार्यक्रम सम्पन्न

मङ्गलबार, २९ पुष २०७६    सुदर्शन श्रेष्ठ



थारु जातीहरुको नयाँ साल माघीको अवसरमा धनगढी १४ सि गाउँमा माघि मिलन कार्यक्रम सम्पन्न

धनगढी, पुस २९ ।
थारु जातीहरुको नयाँ साल तथा माघे सक्रान्तीको अवसरमा हिजो सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिका वडा नं. १४ फुलवारीमा माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । 

थारु समाज फुलवारी सि गाउँको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि कैलाली क्षेत्र नं. ५ क बाट निर्वाचित सांसद माननिय नेपालु चौधरी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष रामबजारी थारु सहित वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

वर्षभरीका दिनहरुको सम्झना स्वरुप सम्पुर्ण ईष्टमित्र, आफन्त लगाएतका व्यत्तिहरु एक ठाउँमा जम्मा भई हर्षोल्लाहसका साथ रमाउँदै कार्यक्रम सम्पन्न गरेको सोहि कार्यक्रमका सभापति तथा धनगढी उपमहानगरपालिका वडा नं. १४ सि गाउँका भलमन्सा छेदुराम चौधरीले बताउनुभएको छ । 

कार्यक्रममा राष्ट्रिय कलाकार थारु गायक राज कुश्मी र थारु गायीका अञ्जु कुश्मीका साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस