ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन दबाव सिर्जना गरौंः मुख्यमन्त्री शाही

सोमबार, २८ पुष २०७६    Capital Live News



बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन दबाव सिर्जना गरौंः मुख्यमन्त्री शाही

नेपालगञ्ज, पौष २८।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने बताएका छन् ।

 

मुख्यमन्त्री शाहीले उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी समावेशी र लोकतान्त्रिक दुवै समूहका व्यापारीसँगको छुट्टाछुट्टै भेटमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि दवाव सिर्जना गर्नुपर्ने बताए ।

 

बाँके र बर्दिया कर्णालीमै रहनुपर्नेमा कर्णाली प्रदेशका सबै राजनीतिक शक्ति एकजुट रहेको पनि उनले उल्लेख गरे । ‘अझै पनि हामी त्यहाँ बृहत् छलफल गरेर यो मुद्दालाई सबैको साझा र व्यापक बनाउन चाहन्छौँ’ मुख्यमन्त्री शाहीले भने ।

प्रतिकृया दिनुहोस