ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

औद्योगिक ग्राम बनाउन स्थानीय तहलाई ९२ लाख अनुदान

सोमबार, २८ पुष २०७६    Capital Live News



औद्योगिक ग्राम बनाउन स्थानीय तहलाई ९२ लाख अनुदान

काठमाडौं, पौष २८।
सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । स्थानीय सरकारबाटै पूर्वाधार विकास गर्ने गरी पहिलो चरणमा घोषणा भएका ३२ औद्योगिक ग्रामका लागि हरेक स्थानीय तहलाई ९२ लाख रुपैयाँ अनुदान दिने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

आगामी १५ दिन भित्र ३२ वटा औद्योगिक ग्राममा पूर्वाधार विकास गर्न स्थानीय तहलाई यस्तो अनुदान उपलब्ध गराईंदैछ ।


मन्त्रिपरिषदको गत असोजको बैठकले ३२ औद्योगिक ग्राम स्थापनाको निर्णय गरेको थियो । पहिलो चरणमा घोषणा भएका औद्योगिक ग्रामका लागि अनुदान रकम उपलब्ध गराउन लागिएको हो ।

 

थप ७ औद्योगिक ग्राम स्थापनाको प्रस्ताव अहिले मन्त्रिपरिषदमा पुगेको उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए । ३२ औद्योगिक ग्रामको डीपीआर निर्माण भई सोही बमोजिम स्थानीय तहले यसै आर्थिक वर्षबाट पूर्वाधार निर्माण शुरु गर्ने मन्त्रालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस