ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

धनगढी उमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई दक्षिण कोरियामा मानार्थ ब्ल्याक बेल्ट सहित सम्मान

शुक्रबार, २५ पुष २०७६    क्यापीटल संवाददाता



धनगढी उमहानगरपालिकाका  मेयर नृप बहादुर वडलाई दक्षिण कोरियामा मानार्थ ब्ल्याक बेल्ट सहित सम्मान

धनगढी, पुस २५ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई दक्षिण कोरियाको धेगो स्पोर्ट काउन्सीलले तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरेको छ ।

दछिण कोरियाको काङ्गोन विश्व विद्यालयका प्रोफेसर किम्जोङ केयको निमन्त्रणामा भ्रमणका लागि दक्षिण कोरीया पुग्नुभएका नगरप्रमुख वडलाई शुक्रबार धेगो स्पोर्ट काउन्सीलले एक कार्यक्रमको आयोजना गरेर तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरेको हो । 

 

यसका साथै दछिण कोरियाको धेगो स्पोर्ट काउन्सीलले नेपाललाई खेलकुदका क्षेत्रमा प्राविधीक सहयोग गर्ने प्रतिवद्धता गरेको नगरप्रमुख वडले जानकारी दिनुभयो । त्यस्तै सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष प्रदिप थापालाई पनि तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट प्रदान गरिएको छ । 

 

नगरप्रमुख वडको नेतृत्वमा रहेको टोलीले जोङ्गसन सिटीका मेयर चियो योङ्ग जो संग गरेको भेटघाटमा धनगढी उप–महानगरपालिका र जोङ्गसन सिटी बिच मितेरी सम्वन्ध गास्ने सहमती भएको नगरप्रमुख वडले बताउनुभएको छ । यसैका आधारमा एक अर्को नगरपालिका बिच राम्रा अभ्यासहरु आदानप्रदान गरिने नगरप्रमुख वडले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस