ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

प्रहरी निरीक्षक पन्त सम्मान सहित सरुवा

वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज पुष्कर राज पन्तको सम्मान सहित सरुवा भएको छ ।

बिहिबार, २४ पुष २०७६    समिर भट्ट



प्रहरी निरीक्षक पन्त सम्मान सहित सरुवा

धनगढी, पौष २४ ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत वडा प्रहरी कार्यालय धनगढीको कार्यालय प्रमुखको रुपमा कार्यरत, प्रहरी निरीक्षक पुष्कर राज पन्त सम्मानित हुनुभएको छ ।

 

प्रहरी निरीक्षक पन्त लाई कार्यालयमा दिईएको जिम्मेवारी पुर्ण ईमान्दारी तथा पेसा प्रति पुर्ण बफादार रही कार्य सम्पादन गर्नुका साथै जिल्लाको शान्ती सुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम गर्ने उत्कृष्ट कार्य गरेको भन्दै उहाँको कार्य स्वरुप जिल्लाप्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक सुदिप गिरीले प्रसंसा पत्र प्रदान गर्नु भएको हो ।


पन्तले प्रसंसा पत्र ग्रहण गरे लगत्तै आफ्नो फेसबुक मार्फत हाफ्नो कार्य सम्पादनमा सहयोग गर्नुहुने तथा  प्रसंसा पत्र प्रदान गर्नुहुने सम्पुर्ण लाई आभार प्रकट गर्दै “पुनः धनगढीको माया पाउने अपेक्षा राख्दै अबको बसाइँ अपराध महाशाखा काठमाडौं” लेख्दै सरुवा भएको जानकारी गराउनु भएको हो ।


पन्तको फेसबुक स्टाटस जस्ताको तेस्तैः

वडा प्रहरी कार्यालय धनगढी बसाइँ सुखद र सफल रह्यो । यसक्रममा मेरो प्रेरणाको स्रोत र असल अभिभावक बनेर मलाई मार्गदर्शन गर्नुहुने कैलाली जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरी सर, प्रहरी नायब उपरीक्षक दक्ष बस्नेत सर,सहकर्मी प्रहरी निीक्षकद्वय प्रकाश सिंह कार्की,गोपिन्द्र बहादुर खड्का सर प्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु।हरहमेशा मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अभिभावकको भूमिका निर्वाह गरी सहयोग गर्नु हुने धनगढी उपमहानगरपालिका का मेयर आदरणीय व्यक्तित्त्व निर्प बहादुर वड ज्यू तथा उपमेयर सुशीला मिश्र भट्ट ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु। वडा प्रहरी कार्यालयको बसाईको शिलशिलामा मलाई सहयोग गरी मेरो कार्यकाल सफल बनाउनमा जिम्मेवार सम्पुर्ण नगरवासी ज्यूहरु,उद्योग वाणिज्य संघ,होटल व्यवसायी संघ,बस व्यवसायी समितिहरू,मलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने विभिन्न सरकारी तथा गैरसरकारी संस्था हरु प्रती हार्दिक आभार व्यक्त गर्न चाहन्छु।


विशेषतः मैले गरेका विभिन्न कार्यमा हातेमालो गरी मलाई सहयोग गर्नुभएका 'युवा शान्ति परिषद नेपाल धनगढी(अध्यक्ष- प्रेम ढुंगाना सर )','surprise dhangadhi युवा क्लब(अध्यक्ष- चन्द्रकान्त पनेरु तथा वहाँको टीम)' तथा अन्य सम्पुर्ण सरोकारवाला निकाय प्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु।मलाई यहाँ रहदा सकारात्मक सल्लाह सुझाव प्रदान गर्नुहुने शुभेच्छुक शुभचिन्तक हरु प्रती ऋणि छु। पत्रकार ज्युहरुले मलाई केन्द्रमा राखेर मेरो कामलाई प्राथमिकता दिएर जुन उचाई प्रदान गरिदिनु भयो यसको लागि सम्पुर्ण पत्रकार ज्यू प्रती नतमस्तक छु। वडा प्रहरी कार्यालय धनगढी बसाइको क्रममा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग, सल्लाह, सुझाव एवम् हौशला प्रदान गर्नुहुने मेरा सम्पुर्ण स्टाफ़हरु प्रति हार्दिक आभार प्रकट गर्दछु मैलेगरेको कामको जुन मूल्यांकन गरिएको छ त्यसको क्रेडिट मेरो सम्पुर्ण टीम लाई छ। सही मार्ग निर्देशन गर्दै मेरो कार्य सम्पादनको उचित मूल्यांकन गरी अभिलेखमा जनिने गरी नगद पुरुस्कार र प्रशंसा पत्र प्रदान गरी मलाई हौशला प्रदान गर्नु भएकोमा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरी ज्यू प्रति हार्दिक कृतज्ञता एवम् आभार प्रकट गर्दछु ।


पुन: धनगढीको माया पाउने अपेक्षा राख्दै अबको बसाइँ अपराध महाशाखा काठमाडौं....।

 

प्रतिकृया दिनुहोस