ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

सल्यानमा चिउरीको दानाबाट घिउ उत्पादन

बुधबार, २३ पुष २०७६    Capital Live News



सल्यानमा चिउरीको दानाबाट घिउ उत्पादन

सल्यान, पौष २३ ।
कालीमाटी गाउँपालिका–४ खैरीमा चिउरीको घिउ उत्पादन सुरु भएको छ। स्थानीय हीरामणि रानाले जिल्लामै पहिलो चिउरीको घिउ उत्पादन सुरु गरेका हुन्। जंगलमा खेर गइरहेको चिउरीको दाना प्रशोधन गरेर घिउ उत्पादन गरिएको रानाले बताए। उक्त घिउ साबुन उत्पादन गर्न प्रयोग गरिने उनको भनाइ छ।

 

उनले पाँच लाख रुपैयाँमा स्थानीयसँग ७० क्विन्टल दाना खरिद गरेको बताए। ‘उत्पादित घिउ बिक्रीका लागि सहकारीमार्फत हसना उद्योग हर्बल काठमाडौंसँग सम्झौता भैसकेको छ,’ रानाले भने, ‘बजारको कुनै समस्या छैन, जति पनि बिक्री हुन्छ।’ यस वर्ष १५ देखि २० लाख रुपैयाँसम्मको घिउ बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।

 

चिउरीको दाना गाउँमै बिक्री हुन थालेपछि १०० जनाभन्दा स्थानीय लाभान्वित बनेका छन्। चिउरीको दाना जंगलबाट ल्याएर बिक्री गरे एकजनाले एक सिजनामा चारदेखि १० हजार रुपैयाँसम्म आम्दानी गरेको स्थानीय कुवेर केसीले बताए। ‘यहाँ प्रशोधनका लागि चार जनाले रोजगारी पाएका छन्,’ उनले भने, ‘जंगलबाट चिउरीको दाना ल्याएर बिक्री गर्ने १०० जनाभन्दा बढी छन्।’

 

प्रतिकृया दिनुहोस