ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

मलेसिया र नेपालबिच पोखरामा ३ वटा एकदिवसीय क्रिकेट सञ्चालन हुँदै

सोमबार, २१ पुष २०७६    Capital Live News



मलेसिया र नेपालबिच पोखरामा ३ वटा एकदिवसीय क्रिकेट सञ्चालन हुँदै

धनगढी, पुस २१ । 
मलेसियाले नेपालसँग ३ वटा एकदिवसीय क्रिकेट खेल्ने भएको छ ।

सुनसरीको इनरुवामा भइरहेको दोस्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्न मलेसियाको राष्ट्रिय टोली नेपाल आउँदैछ । त्यस क्रममा पोखरामा नेपाली टिमसँग तीनवटा एक दिवसीय क्रिकेट खेल्ने नेपाल क्रिकेट संघले जनाएको छ ।

एमएम कपमा सहभागी हुन मलेसियाको टोली पुस २४ गते  नेपाल आउँदैछ । नेपाली टोलीसँग खेल कहिले हुने  भन्ने तय भइनसकेको संघले जनाएको छ ।

विश्वकप लिग २ अन्तर्गत नेपालले फेब्रुअरी ५ देखि १२ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसका लागि नेपाली टोली पोखरामा बन्द प्रशिक्षण रहनेछ । त्यसै अवसरमा नेपाल र मलेसियाबीच पोखरामा खेल हुन लागेको हो । 

प्रतिकृया दिनुहोस