हिमपातका कारण चिसोमा परीक्षा दिन नसकेर रोए विद्यार्थी

शुक्रबार, २७ मङि्सर २०७६    Capital Live News



हिमपातका कारण चिसोमा परीक्षा दिन नसकेर रोए विद्यार्थी

डोल्पा, मंसिर २७  ।

हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

 

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काँप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले जानकारी दिनुभयो । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उहाँले बताउनुभयो । साना (साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उहाँको भनाइ छ । विद्यालयको प्राङ्गणमा आगो बालेर परीक्षा दिलाउन थालिएको उहाँले बताउनुभयो ।

 

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा र वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीय जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिनुभयो ।

 


प्रतिकृया दिनुहोस