कञ्चनपुरमा एकजना वृद्ध मृत अवस्थामा फेला

शुक्रबार, २७ मङि्सर २०७६    Capital Live News



कञ्चनपुरमा एकजना वृद्ध मृत अवस्थामा फेला

कञ्चनपुर, मंसिर २७  ।

कञ्चनपुरमा एकजना मृत भेटिएका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ सुकासालमा पूर्वपश्चिम राजमार्गमा अन्दाजी ६० वर्षीय बृद्धको शव भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनको चिसोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने, अनुमान गर्नसकिने भन्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले मृतकको परिचय नखुलेको बताए । हहिले शव महाकाली अस्पतालमा राखिएको छ।

 


प्रतिकृया दिनुहोस