कैलाली कारागारमा कैदी बन्दीको मोजमस्तीः चौकिदारकै मिलेमतोमा जुवातास र लागुपदार्थ बिक्रि विरतण (भिडियो सहित)

शुक्रबार, २७ मङि्सर २०७६    क्यापीटल संवाददाता



कैलाली कारागारमा कैदी बन्दीको मोजमस्तीः चौकिदारकै मिलेमतोमा जुवातास र लागुपदार्थ बिक्रि विरतण (भिडियो सहित)

धनगढी, मंसिर २७ ।
कैलाली जिल्ला कारागारमा आपराधिक गतिविधि बढ्दै गइरहेको छ । 

विभिन्न किसिमका अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई सजाय र आफुले गरेको गल्ति तथा अपराधप्रति प्रश्चातापको अनुभुति होस् भन्ने उद्धेश्यले सुधारगृहको रुपमा सञ्चालन हुँदै आएको कारागारमा झनै आपराधिक गतिविधिमा आधारित क्रियाकलाप भइरहँदा कारागार अपराध न्युनिरकरणका लागि हो या अपराधि जनमाउन हो भन्ने विषयमा आमजनताको चिन्ता उत्पन्न हुन थालेको छ । 

पछिल्लो समय कैलाली जिल्ला कारागारभित्र कानुन विपरितको कामहरु दिनप्रतिदिन बढ्दै गईरहेको नाम नखुलाउने सर्तमा एकजना व्यक्तिले हामीलाई जानकारी दिनुभएको छ । उहाँले कारागारभित्र लुट मच्चाउने नाइकेका रुपमा रोहित पालिवाल अग्रवाल, शेर बहादुर तामाङ, मीन बहादुर खड्का र सन्दिप रावल रहेको समेत बताउनुभयो । 

कारागारभित्रै जुवातास खेलाउने, रक्सी बिक्रि बितरण गर्ने चरेश तथा ब्राउन सुगर बिक्री बितरण गर्ने जस्ता काममा जेलका नाईके तथा चौकिदारकै मिलेमतो भएको पाईएको छ । यस्ता खालका गतिविधिको विरुद्धमा चौकिदार तथा जेलरसँग धेरैपटक भनिसक्दापनि अनुसन्धान गर्दै छौँ भन्दै विभिन्न बाहानामा यस विषयबाट पन्छिन खोजेको कुरा पनि खुल्न आएको छ । 

आखिर यति हुँदासम्म पनि किन सम्बन्धित निकायबाट कुनै पहल चाल्न नसक्नुको कारण के हो ? यस्ता गतिविधिको बारेमा थाहा नै नभएको हो या आन्तरिक मिलेमतो भएको हो ? यसप्रति बेलैमा छानबिन हुन आवश्यक छ । 


प्रतिकृया दिनुहोस