ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

सुदूरपश्चिम महोत्सवमा कलाकारको प्रस्तुति दर्शकको विशेष आकर्षणको केन्द्रबिन्दु बन्दै

शुक्रबार, २७ मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



सुदूरपश्चिम महोत्सवमा कलाकारको प्रस्तुति दर्शकको विशेष आकर्षणको केन्द्रबिन्दु बन्दै

धनगढी, मंसिर २७ ।
सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि विशेष पहल चाल्ने अनुमान गरिएको सुदूरपश्चिम महोत्सव २०७६ यतिबेला आम जनताको आकर्षणका साथै मनोरञ्जनको थलो बनेको छ । 

आफ्नै कला, संस्कृति, पर्यटन तथा समग्र प्रदेशकै विकासको योजना थालेको सुदूरपश्चिम महोत्सवमा दिनप्रतिदिन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्दै गएको छ । विभिन्न मनसायका साथ आउनेमध्ये कोही खेल खेल्नमा व्यस्थ भटिन्छन् त कोहि स्टल अवलोकन गर्नमा व्यस्थ भेटिन्छन् तर सबैभन्दा बढी आकर्षणको रुपमा महोत्सवमा देखाईने विभिन्न खालका प्रस्तुति नै रहेका छन् ।

 

विभिन्न खालका प्रस्तुतिहरुको संगालको को रुपमा रहेको सुदूरपश्चिम महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति विशेष बन्दै गएको छ । 

महोत्सवको पाँचौ दिन अर्थात हिजो विशेष प्रस्तुतिमध्ये प्रमुख आकर्षको केन्द्रबिन्दुको रुपमा श्रृजना खत्री हाउडे माया र चक्र बमको प्रस्तुति रहेको थियो । आशालाग्दो रहेको उक्त प्रस्तुतिमा रमाउने दर्शकहरुको उत्साह पनि अपेक्षा भन्दा माथि नै रहेको थियो । 

प्रतिकृया दिनुहोस