कैलालीको भासुभिरमा जिपमाथि ढुङ्गा खस्दा, वन अधिकृत घाइते

शुक्रबार, २७ मङि्सर २०७६    Capital Live News



कैलालीको भासुभिरमा जिपमाथि ढुङ्गा खस्दा, वन अधिकृत घाइते

कैलाली, मंसिर २७  ।
कैलालीको भासु भीरमा डिभिजन वन कार्यालय बैतडीको जिपमाथि ढुङ्गा खस्दा एक जना घाइते भएका छन् ।

 

धनगढीबाट बैतडी जाँदै गरेको डिभिजन वनको बा २ झ २७६० नम्बरको पिकअफ बलोरो जिपमा ढुङ्गा खस्दा डिभिजन वन अधिकृत केशव पराजुली घाइते भएका हुन ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार घाइते वन अधिकृतलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

 

जिपको अगाडीको भागमा क्षति पुगेको र ढोका समेत टुटफुट भएको छ । सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस