सुदूरपश्चिममा शुरु भयो हिउँदे झरीः तराईमा वर्षा, पहाडमा हिउँ

शुक्रबार, २७ मङि्सर २०७६    समीर भट्ट



सुदूरपश्चिममा शुरु भयो हिउँदे झरीः तराईमा वर्षा, पहाडमा हिउँ

धनगढी, मंसिर २७  ।

सुदूरपश्चिममा शुरु भयो हिउँदे झरीः तराईमा वर्षा, पहाडमा हिउँ हिमपात र बर्षा भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।


बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपातका साथै तराई क्षेत्रमा भारी बर्षा भएको छ । हिमपात र बर्षा भएसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

 

पहाडी क्षेत्र अन्तरगतका, डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान, बैतडीका विभिन्न स्थानमा, लगायत सुदूरपश्चिमका उच्च पहाडी भागमा हिमपात र तराईको, कैलाली, कञ्चनपुर  क्षेत्रमा बर्षा भएपछि चिसो बढेको छ । चिसो बढेसँगै दैनिक कामकाजमा समेत समस्या आएको छ ।

 

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी नपुग्ने लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण हिउँदे बाली सप्रिने आशामा स्थानीय खुशी छन् ।

 

हिमपात र बर्षाका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्यभएका छन् । हिमपातल चिसो बढेसँगै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

 

आज सुदूरपश्चिम प्रदेशसहित मुलुकका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मुलुकभर आज सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 


प्रतिकृया दिनुहोस