ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

सोमबार, २३ मङि्सर २०७६    Capital Live News



खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ, मंसिर २३ ।
खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी भएको छ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ ।

 

आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।”

 

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । रासस

 

प्रतिकृया दिनुहोस