ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

शुक्रबार, २० मङि्सर २०७६    Capital Live News



बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

विराटनगर, मंसिर २०,
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजविरुद्ध अनुसन्धान अघि बढाउन शुक्रबार प्रहरीले दोस्रो पटक म्याद थप गर्दैछ ।  सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न उपचाररत विराटनगरको विराट नर्सिङ होम बाट कृष्णदासजीलाई लिएर गएको छ। विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर कृष्णदासजीलाई बिहान ११ बजे सुनसरीतर्फ लगिएको हो।

 

आईसीयूबाट ह्वीलचेयरमा ल्याएर उनलाई एम्बुलेन्समा राखिएको थियो। कृष्णदासजीलाई लिनका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली विराटनगर आएको थियो। मंसिर १६ गते सोमबार उनीविरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो।

 

पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लैजानु परेको डीएसपी शर्माले बताए। सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

 

त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए। अस्पतालमै रहेका उनलाई पक्राउ गरेर प्रहरीले गत सोमबार म्याद थपका लागि सुनसरी अदालतमा उपस्थित गराएको थियो।

 

अदालतले कृष्णदासजीविरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न आदेश दिएको थियो। साथै अदालतले अनुसन्धान अधिकृत र सरकारी वकिललाई अस्पतालमै गएर उनीसँग बयान लिन पनि आदेश दिएको थियो। डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिए।

 

चिकित्सकले पनि ‘माइनर हर्टअट्याक’ भनेर कृष्णदासजीसँग दोहोरो गफगाफ नगर्दा राम्रो हुने सुझाव दिएको शर्माको भनाइ छ। ‘चिकित्सकले पनि बोल्न दिएनन् र कृष्णदासजीले पनि बोल्न मान्नुभएन,’ उनले भने, ‘त्यही भएर बलात्कार आरोपमा अनुसन्धानका लागि अहिलेसम्म कुनै पनि बयान लिन सकिएको छैन।’ दोस्रो पटक म्याद थप गरेपछि अनुसन्धानका लागि अदालतले दिएको आदेशअनुसार अघि बढ्ने डीएसपी शर्माले जानकारी दिए।अन्नपुर्णपोष्ट

 

प्रतिकृया दिनुहोस