ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

ताप्लेजुङको होटलमा एक पुरुष मृत फेला

बिहिबार, १९ मङि्सर २०७६    Capital Live News



ताप्लेजुङको होटलमा एक पुरुष मृत फेला

ताप्लेजुङ, मंसिर १९ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङको बसपार्क नजिकैको तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षीय अशोक भनिने भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

 

उनका अनुसार ताप्लेजुङ घुम्न आएका उनी होटल बुक गरेर कोठामा छिरेका थिए। महिला आफन्तसहित होटलमा बसेका मादेनको मृत्यु भएपछि ती महिला आफन्त र होटल साहुले प्रहरीलाई खबर गरेका थिए।

 

उनको साथबाट उनले प्रयोग गर्दै आएका मुटुको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ। ‘मृतक मादेन प्रेशर र मुटुका बिरामी रहेको उनका बुवाले जानकारी गराएका छन्।’

 

सूचना अधिकारी प्रहरी निरिक्षक खड्काले भने ‘उनको मृत्यु सोहि रोगका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौ।’ घटनाका बारेमा अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी खडकाले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस