ताजा अपडेट

नेपालमा कोरोनाका संक्रमणबाट थप एकको मृत्यु, देशभर मृतकको संख्या १२ पुग्यो     |     स्वास्थ्यमा समस्या देखिएपछि धनगढीका एकजना कोरोना संक्रमित काठमाडौँ रेफर     |     बझाङमा थप ६ जनामा कोरोना पुष्टि, जिल्ला भित्र संक्रमितको संख्या ७ पुग्यो     |     कार्यक्रम तातो बहस सञ्चालनका लागि दबाब स्वरुप स्थानिले गरे ध्याकर्षणपत्र पेश     |     कोरोना कहरसँगै धनगढीमा मल अभाव     |     बाजुरा क्वारेन्टाइनमा एक महिलाको मृत्यु, मृतकको स्वाब संकलन गरी धनगढी पठाईदै     |     माछा मार्ने क्रममा नदीमा बगेर बैतडीमा एक बृद्धको ज्यान गयो     |     नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार, खाने झोलका रुपमा समेत उत्पादन गर्न डब्लुएचओको सुझाव     |    

अछाममा २१ वर्षीया एक महिलाको छाउगोठमा गयो ज्यान

सोमबार, १६ मङि्सर २०७६    Capital Live News



अछाममा २१ वर्षीया एक महिलाको छाउगोठमा गयो ज्यान

अछाम, मंसिर १६ ।
अछामको साफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा सोमबार एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ। २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साफेवगरका इन्सपेक्टर नरपती भट्टले बताए। मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकि पार्वती १८ महिना पहिले विहे गरेर सिद्धेश्वर आएकी थिइन्।

आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन्। बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको जेठाजु छत्र रावतले जानकारी दिए। छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको छ। के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ।

उनी महिनावारी भएको ४ दिन भएको थियो। मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए। अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ।

 

प्रतिकृया दिनुहोस