ताजा अपडेट

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत     |     एक महिना अघिदेखि वेपत्ता पंकजको शव बुलेटसँगै भेटियो     |     यस्तो छ जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ को ट्रेलर (भिडियो)     |     नायिका निरुता सिंहको प्रश्न– ‘महानायक’ राजेश हमाल होइनन् भनेर कहाँ भने ?     |     कोरोनाको निश्चित उपचार कहिले पनि नभेटिन सक्छ : डब्ल्यूएचओ     |     पर्यटकको रुपमा नेपाल आएका अमेरिकी नागरिक ठगीको आरोपमा  पक्राउ     |     एसिडसम्बन्धी छुट्टै कानुन ल्याउन संसदीय समितिको निर्देशन, हालसम्म २० जनामाथि एसिड आक्रमण     |     सोमबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नजिक     |    

बलात्कार आरोपी सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा

आइतबार, १५ मङि्सर २०७६    Capital Live News



बलात्कार आरोपी सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा

विराटनगर, मंसिर १५ ।
बलात्कार आरोपमा पक्राउका लागि प्रहरी अस्पताल आइपुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् ।


उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए । एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।

उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।

तर एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ बजे आईसीयूको १० नम्बर बेडमा सारिएको हो । सिद्धबाबाको उपचारमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोली खटिएको छ । आइतबार बिहान ९ बजेसम्म सिद्धबाबाले आफ्ना शुभचिन्तकसँग भेटघाट गरिरहेका थिए । अनलाईनखबर ।

 

प्रतिकृया दिनुहोस