ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

बिना विज्ञापन सेती प्रादेशिक अस्पतालमा कर्मचारी भर्ना

शुक्रबार, १३ मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



बिना विज्ञापन सेती प्रादेशिक अस्पतालमा कर्मचारी भर्ना

धनगढी, मंसिर १३ ।
सेती प्रादेशिक अस्पतालमा प्रक्रिया बिना नै कर्मचारी नियुक्ति भएको कुराको खुलासा भएको छ । 

विगतकै दिनहरुदेखी हुँदै आएको राजनितिक तथा आर्थिक चलखेलका कारण सेती प्रादेशिक अस्पतालको विकास हुन नसकेको स्थानियले बताएका छन् । पछिल्लो समय अस्पताल सञ्चालक समितका अध्यक्ष, कर्मचारी तथा मेडिकल सुपरिटेन्डेन्टको मिलेमतोमा अन्धाधुन्दा भएका कर्मचारी नियुक्तिका कुराले पनि अस्पतालको कामकाजप्रति आमसर्वसाधरणले चिन्ता व्यक्त गरेका छन् । 

सेती प्रादेशिक अस्पतालको अस्पताल सञ्चालक समितिको पुर्व मे.सु डा.सजन केसी र डा.हेमराज पाण्डे तथा अध्यक्ष रहनुभएकी रीता भण्डारीको कार्यकालमा विज्ञापन बिना ज्यालादारीको नाममा भर्ना गरिएको कर्मचारीहरुमध्ये हेमा माली, कल्पना विष्ट, पुजा विष्ट, आरती शर्मा, रम्भा जोशी, पुनम चौधरी, कञ्चन चौधरी, मुन्नी चौधरी, यानुमाया चौधरी, मञ्जु चौधरी, सुनिता चौधरी, दिपेश डंगौरा, गणेश पुरी, हिरा जोशी, नबिन केसी, दिपक बम, बिक्रम बडैला, पार्वती मल्ल, सुष्मा वि.क., रमेश राई, गंगाराम चौधरी, केशबराज जोशी लगाएत स्विपर र पियन गरी करीब ३९ जना कर्मचारी रहेका छन् । 

सञ्चालक समितिकी पुर्व अध्यक्ष रिता भण्डारीले आफुले अस्पतालमा गलत काम नगरेको बताउँदै त्यस्तो भएको पाइएमा कानुन बमोजिम कारबाहिको दायरामा आउने अभिव्यक्ति तातो बहस कार्यक्रममा राखिरहँदा अहिले आएको यो खुलासापछि उहाँको प्रतिक्रिया कस्तो होला ? त्यो भने प्रतिक्षाको विषय हो । 

तर अस्पतालजस्तो संवेदनशिल ठाउँमा आमजनताको हकहित विपरित हुनेगरेका कार्यहरुप्रति विरोध गर्न जरुरी छ । सुदुरपश्चिम प्रदेशमै प्रदेशस्तरको एउटामात्र अस्पताल रहेको सेती प्रादेशिक अस्पतालमा हुनेगरेका गलत गतिविधिप्रति छानबिन गरी बेलैमा रोक लगाउनुका साथै समग्र अस्पताल विकासमा पहल गर्न जरुरी छ । 

प्रतिकृया दिनुहोस