ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्दै

मङ्गलबार, १० मङि्सर २०७६    Capital Live News



सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्दै

मंसिर १० ।
सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदबाट पारित भएको सो सम्मेलन आगामी २० मंसिरदेखि सुरु हुनेछ । सम्मेलनमा प्रदेशमा वित्तीय साक्षारताको अवस्था, वित्तीय पहुँचका लागि प्रदेश सरकारले गर्नुपर्ने काम, संघीय सरकारले चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्न सम्मेलन आयोजना गरिएको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले जानकारी दिए ।

 

सम्मेलनमा अन्तराष्ट्रिय मुद्राकोष, विश्व बैंक, एशियाली विकास बैंकका अन्तर्रा्ष्ट्रिय संस्थाहरूका प्रतिनिधिको पनि सहभागिता रहने छ । यस्तै नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्डजस्ता नियामक निकायका प्रमुखहरूको पनि सहभागिता रहने छ ।

 

भने सम्मेलनमा प्रमुख वक्ताको रूपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । यस्तै, संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री बोहोराले बताए ।
 

प्रतिकृया दिनुहोस