ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेबाट शूरु हुँदैः करिब १ करोढ बढीको लगानि रहने

मङ्गलबार, १० मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेबाट शूरु हुँदैः करिब १ करोढ बढीको लगानि रहने

धनगढी, मंसिर १० ।

धनगढीमा सुदुरपश्चिम महोत्सव यहि मंसिर २२ देखी पौष २ गतेसम्म हुनेभएको छ । 

आज धनगढीमा प्रेस विज्ञप्ती जारी गर्दै कैलाली उद्योग वाणिज्य संघले सुदुरपश्चिम महोत्सव २०७६ को औपचारिक घोषणा गरेको छ । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नाराका साथ सुदुरपश्चिम महोत्सव २०७६ धनगढीको संघिय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

जारी गरिएको विज्ञप्तीमा १ करोड बढीको लगानिमा उत्कृष्ट रुपमा आयोजना गरिने महोत्सव प्रवेश टिकट बाट संकलित रकमको १० प्रतिशत सामाजिक कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय धनगढीलाई सहयोग गर्ने जनाइएको छ । त्यस्तै महोत्सवमा कृषि, मह, जडिबुटी, हस्तकला, अल्लोका सामान, अलैची, अदुवा, मसला, फर्निचर, अटोमोवाइल, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि ३०० भन्दा बढी स्टलहरु रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

प्रादेशिक स्तरिय मेला (सुदूरपश्चिम महोत्सव २०७६) को औपचारिक घोषणा गर्दै यसले आउँदै गरेको पर्यटन वर्ष २०२० लाई पनि ठूलो सहयोग पुर्याउने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले बताउनुभयो । 

महोत्सव आयोजनाका लागि संघिय प्रहरी इकाई कार्यलयले मैदान दिन नमानेपछि विभिन्न अप्ठ्यारको समाना गर्दै महोत्सव आयोजना गर्न लागेको र व्यवस्थित खुलामञ्च निर्माणका लागि समयमै पहल चाल्नुपर्ने कैलाली उद्योग वाणिज्य संघका माहासचिव ओम विष्टले बताउनुभयो

प्रतिकृया दिनुहोस