ताजा अपडेट

कडाइ गर्दै डडेल्धुरा प्रहरी     |     निश्चित सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय     |     नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय     |     विवाह मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ     |     राष्ट्रिय जनमोर्चाद्धारा कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकको अनुगमन (तस्विरमा ....)     |     लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ ५ करोडमा खरिद बिक्रि गर्न लागेका ६ जना पक्राउ     |     बिहिबार सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टि, संक्रमतिको संख्या ३९०६ पुग्यो     |     नेपालमा पछिल्लो २४ घण्टामा थपिए १०८ जना कोरोना संक्रमित, संक्रमितको संख्या १६५३१ पुग्यो     |    

मल नपाउनुको प्रमुख कारण कृषिमा प्रयाप्त मात्रामा बजेट नछुट्याउनु नै होः नवलसिंह बोगटी

बिहिबार, ०५ मङि्सर २०७६    सुदर्शन श्रेष्ठ



मल नपाउनुको प्रमुख कारण कृषिमा प्रयाप्त मात्रामा बजेट नछुट्याउनु नै होः नवलसिंह बोगटी

कैलाली, मंसिर ५ ।
कहिले बिउ, कहिले सिंचाइ त कहिले किरा फट्ंग्रा जस्ता समस्याबाट पिडित बन्दै गएका किसान यतिबेला मल अभावका कारण समस्यामा परेका छन् । 

बर्खाको समयदेखि मल नपाएर चिन्तित बनेका किसान हिउँदे बाली को सिजन सुरु हुँदा समेत मल नपाएपछी निराश बन्दै गएका छन् । मल पाउने आशमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता यतिबेला कैलाली कञ्चनपुरका किसानले भोग्दै आएका छन् । उपयुक्त समयमा मल नपाइने भएपछि उत्पादनमा समेत ह्रास आएको किसानहरुको गुनासो रहेको छ । 

किसानहरुले मल नपाउनुको प्रमुख कारण नेपाल सरकारले कृषिमा प्रयाप्त मात्रामा बजेट नछुट्याउनु नै रहेको कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यलय, धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताउनु भयो । मल वितरणको नाममा सहकारी संस्थाहरुले गर्ने गरेको ठगिप्रति तपाईको सक्रियता कस्तो छ भनि गरिएको प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हामीले समयसमयमा जिल्लाका विभिन्न स्थानमा गरिएको निरिक्षणमा त्यस्तो नभेटिएको तर त्यस्तोे भएको पाइएमा आवश्यक पहल चालिने छ ।’

कृषिमा आत्मनिर्भर बनाउने योजना थालेको सरकारले किन चाहेजति मात्रामा किसानलाई मल उपलब्ध गराउन सकेको छैन । पछिल्लो समय कैलाली कञ्चनपुरका किसानको समस्यालाई बेलैमा मध्यनजर गरी कृषि आधुनिकिकरणमा विशेष जोड दिन जरुरि छ । 
 

प्रतिकृया दिनुहोस