Capital Live News https://capitallivenews.com Capital Live News - Capital Live News en-US hourly 1 Copyright 2020 Wed, 23 Sep 2020 22:16:16 +0545 नेपाल कम्युनिष्ट पार्टी धनगढी नगर इन्चार्ज रावल द्वारा रक्तदान https://capitallivenews.com/news/7154 Wed, 23 Sep 2020 22:11:58 +0545 https://capitallivenews.com/news/7154 अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धनगढी, असोज ०७।

अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोलले रक्तदान गरेका छन्। उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुबास किरण जोशी, पार्टी नेता सरोज, युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा, संगठनको जिल्ला सचिव महेश पातलीलगायतले समेत रक्तदान गरेका छन् ।

कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रित गरेर अखिल (क्रान्तिकारी)ले देशब्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिएका छन् । सरकारले नेकपाका नेता र विद्यार्थी संगठनका नेता काकार्यकर्ताहरुलाई समेत गिरफ्तार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानवीय धर्म कहिल्यै नछाड्ने नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोलले बताए। रक्तदान गर्ने रक्तदाताहरुलाई प्रसंशापत्र समेत बितरण गरेको र संगठन उद्धार तथा रचनात्मक कार्यमा अग्रसर रहेको क्रान्तिकारीले जनाएको छ ।

]]>
बाढीले जीप बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता https://capitallivenews.com/news/7153 Wed, 23 Sep 2020 20:28:12 +0545 https://capitallivenews.com/news/7153 कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तु, असोज ०७।

कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको हो । वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जनाएको छ ।

नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए । घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको जनाइएको छ ।

]]>
सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार नजिक पुग्यो https://capitallivenews.com/news/7152 Wed, 23 Sep 2020 18:26:16 +0545 https://capitallivenews.com/news/7152 सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी, असोज ०७।

सुदूरपश्चिमका थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएकोमा ७९ जनामा संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा बुधवार ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उप–महानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए। कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए। 

यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ। डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार नजिक पुगेको छ भने संक्रमण पुष्टि भएका झण्डै ५ हजार ८ सय जनाले कोरोना जितेका छन्। हालसम्म १५ जना संक्रमितको मृत्यु भईसकेको छ।

]]>
रगत अभाव भइरहेका बेला अखिल क्रान्तिकारी कैलाली द्वारा रक्तदान https://capitallivenews.com/news/7151 Wed, 23 Sep 2020 17:59:17 +0545 https://capitallivenews.com/news/7151 अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धनगढीअसोज ०७।

अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भैरहेका बेला जिल्ला समिती कैलालीले  रक्तदान कार्यक्रम गरेको जनाएको हो ।
उक्त रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिह नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोल संगठनको जिल्ला अध्यक्ष सुबास किरण जोशी युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा  पार्टी  नेता सरोज संगठनको जिल्ला सचीव महेश पातली लगायतले रक्तदान गरेका छन।

No description available.
कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रीत गरेर अखिल क्रान्तिकारीले देशव्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिनुभयो । सरकारले पार्टीका नेता र संगठनका नेतालाई गिरफतार गर्ने, झुट्टा मुद्दा  लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानविय धर्म कहिल्यै नछाड्ने बताउनुभयो । रक्तदान गर्ने रक्तदाताहरुलाइ प्रसंशा पत्र समेत बितरण गरेको र आफ्नो संगठन उदार तथा रचनात्मक कार्यमा अग्रसर रहेको जनाकारी गराएका छन । 

No description available.

]]>
थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो https://capitallivenews.com/news/7150 Wed, 23 Sep 2020 16:50:25 +0545 https://capitallivenews.com/news/7150 नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं, असोज ७। 

नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ३६ पुगेको छ। 

५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ। 

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।  

]]>
थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज https://capitallivenews.com/news/7149 Wed, 23 Sep 2020 16:42:21 +0545 https://capitallivenews.com/news/7149 नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । काठमाडौँ, असोज ७। 

नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण भएकामा ११७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ रहेको छ । गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

]]>
पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा https://capitallivenews.com/news/7148 Wed, 23 Sep 2020 16:25:49 +0545 https://capitallivenews.com/news/7148 स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । काठमाडौँ, असोज ०७।

स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् । सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ । 

]]>
बुहारी बलात्कार गर्ने ससुरा पक्राउ https://capitallivenews.com/news/7147 Wed, 23 Sep 2020 16:06:33 +0545 https://capitallivenews.com/news/7147 आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। भोजपुर, असोज ०७।

आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो। 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ। प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। 

]]>
१९ क्विन्टल मटर बरामद https://capitallivenews.com/news/7146 Wed, 23 Sep 2020 15:12:40 +0545 https://capitallivenews.com/news/7146 नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको १९ क्विन्टल मटर प्रहरीले आज बरामद गरेको छ । काठमाडौँ, असोज ०७।

नेपालबाट भारततर्फ अवैधरुपमा चोरी तस्करी गर्न लागिएको १९ क्विन्टल मटर प्रहरीले आज बरामद गरेको छ । जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, सम्सी गाउँपालिका, एकडारा गाउँपालिका र मनरासिस्वा नगरपालिकासँग जोडिएको भारतीय सीमा क्षेत्रको वनको बाटोबाट १९ क्विन्टल २५ किलोग्राम मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

वनको बाटो हुँदै नेपालबाट भारततर्फ मटर तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सीमा गस्ती टोलीले सो परिमाणको मटर बरामद गरेको बताइएको छ । प्रहरीलाई देखेर तस्कर भागेको प्रहरीले जनाएको छ । बरामद भएको मटर आवश्यक कारवाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको छ ।

]]>
कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल https://capitallivenews.com/news/7145 Wed, 23 Sep 2020 13:09:24 +0545 https://capitallivenews.com/news/7145 कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । काठमाडौँ, असोज ०७।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिनुभयो ।

“नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन”, मन्त्री भुसालले भन्नुभयो, “कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।” कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राख्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताउनुभयो ।

सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुषालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताउनुभयो । “सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ”, मन्त्री भुसालले भन्नुभयो, “यो सरकार संविधानभीत्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढङ्गले सञ्चालन भईरहेका छन् ।” रासस

]]>
पहिरामा दुई कन्टेनर पुरिए https://capitallivenews.com/news/7144 Wed, 23 Sep 2020 13:02:10 +0545 https://capitallivenews.com/news/7144 पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन्। काठमाडौँ, असोज ०७।

पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन्। सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयांै सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।

]]>
वडाध्यक्षको कोरानाबाट मृत्यु https://capitallivenews.com/news/7143 Wed, 23 Sep 2020 12:52:32 +0545 https://capitallivenews.com/news/7143 भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बर्दिया, असोज ०७।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताउनुभयो । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेतका र बर्दियाका गरी कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । 

]]>
कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयको सेवा ९ गतेसम्मका लागी बन्द https://capitallivenews.com/news/7142 Wed, 23 Sep 2020 12:40:31 +0545 https://capitallivenews.com/news/7142 मालपोत कार्यालय धनगढीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। धनगढी, असोज ०७

मालपोत कार्यालय धनगढीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जनाएका छन् । 

कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए।

आगामी ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको केसीले बताए। एक जना कर्मचारीमा कोरोना पुष्टी भए पछी मालपोत कार्यालयमा रहेका सबै कर्मचारीमा कोरोना परिक्षण गर्ने तयारी गरिएको छ । 

]]>
मिस्टर आरजेको ‘नरिसाउन होइ’ रिलिज भएको १८ घण्टामै ट्रेन्डिङको यात्रामा https://capitallivenews.com/news/7141 Wed, 23 Sep 2020 12:10:10 +0545 https://capitallivenews.com/news/7141 गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आजे) र इश्वरी बरालको आवाजमा रहेको नयाँ गीत ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ। धनगढी, असोज ०७।

गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आजे) र इश्वरी बरालको आवाजमा रहेको नयाँ गीत ‘नरिसाउन होइ’ सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको ‘नरिसाउन होइ’ बोलको गीत २४ घण्टा नहुँदै युवट्युवको ट्रेन्डिङमा पर्न सफल भएको छ।

रिलिज भएको १८ घण्टामै यो गीत ट्रेन्डिङ नम्बर २५ मा उक्लिएको छ। झण्डै चार लाख पटक हेरिएको उक्त गीतमा गीतकार सुरज गैह्रे विवशको शब्द रहेको  छ भने राजेन्द्रले संगीत दिएका छन्।

गीतमा नायक पल शाह, नायिका वर्षा शिवाकोटी, डान्सर सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।

 

]]>
वामदेवविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश भट्टराईको बेञ्चमा https://capitallivenews.com/news/7140 Wed, 23 Sep 2020 11:48:46 +0545 https://capitallivenews.com/news/7140 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयनविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ । काठमाडौं, असोज ०७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयनविरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभा सदस्य र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गौतमको उक्त मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको बेञ्चमा परेको छ । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रियसभा सचिवालय, नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतमलाई विपक्षी बनाइएको छ ।

उनीहरुले वामदेवलाई राष्ट्रियसभा सदस्य मनोनीत गरेको सिफ़ारिस बदर गरी मन्त्री तथा सांसदको रूपमा कार्य नगराउनू भनेर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

रिटको अन्तिम टुंगो नलागेसम्म उनलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेश पनि माग गरिएको छ ।

]]>
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु, ५ जना नियन्त्रणमा https://capitallivenews.com/news/7139 Wed, 23 Sep 2020 11:37:39 +0545 https://capitallivenews.com/news/7139 कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धनगढी, असोज ७।

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गौरीगगा नगरपालिका वडा नम्बर १० का  २९ बर्षीय रघुविर धामीको  करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको र जँगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको बताए।

घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको विष्टले बताए। 
 

]]>
बैतडीमा तीन जिल्ला जोड्ने सडक विस्तार शुरु https://capitallivenews.com/news/7138 Wed, 23 Sep 2020 09:43:26 +0545 https://capitallivenews.com/news/7138 तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ। बैतडी, असोज ७।

तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ। बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो।

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले रु सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए। उनले भने, “तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने छ।” 

सो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ। डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्ने छ। सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ। 

यस्तै डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि १० करोड बजेट विनियोजन भएको र यसै वर्षदेखि काम शुरु हुने वडाध्यक्ष रानाले जानकारी दिए। उनका अनुसार सङ्घीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिनेछ।  a

]]>
आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह https://capitallivenews.com/news/7137 Wed, 23 Sep 2020 09:28:54 +0545 https://capitallivenews.com/news/7137 आगामी २४ घन्टा देशैभरि केही स्थानमा भारी वर्षाको संभावना छ।  धनगढी, असोज ७।

आगामी २४ घन्टा देशैभरि केही स्थानमा भारी वर्षाको संभावना छ। प्रदेश १ देखि प्रदेश ५ सम्मका केही स्थानमा भने अति भारी वर्षा हुनसक्नेछ ।

भारी वर्षा भएका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी भागमा भने आंशिक बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ।

बिहीबार र शुक्रबार पनि देशका केही स्थानमा भारी वर्षाको संभावना छ। प्रदेश १, २ र बागमतीका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। ती प्रदेशका केही स्थानमा भने भारी वर्षा हुनेछ।

गएराति लमजुङको बेसिशहर, खुदीबजार लगायत आसापास तथा गोरखा र धादिङको सीमा आरुघाट आसपास क्षेत्रमा अति भारी वर्षा भएको थियो। ती क्षेत्रका साना तथा ठूला नदीमा आकस्मिक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त क्षेत्रमा अझै ठूलो वर्षाको संभावना भएको भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ।

हिजो साँझ साढे ५ बजे बुटवलस्थित तिनाउ नदीको जलसतहले सतर्कता विन्दू पार गरेको थियो। तिनाउ नदीको तटीय क्षेत्र र आसपास डुबाउ हुनसक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ।

]]>
महेन्द्रनगरमा अश्लिल भिडियो लिक, प्रहरी अनुसन्धान सुरु https://capitallivenews.com/news/7136 Wed, 23 Sep 2020 09:08:31 +0545 https://capitallivenews.com/news/7136 महेन्द्रनगरमा एउटा युवतीको अश्लिल भिडियो लिक भएको छ। कञ्चनपुरअसोज ७।

महेन्द्रनगरमा एउटा युवतीको अश्लिल भिडियो लिक भएको छ। भिडियो लिक भएपछि पीडितहरु प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखीएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।

प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसंग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको स्रोतले बतायो। सोही क्रममा अश्लिल भिडियो लिक भएको हुनसक्ने अनुमान गरिएको छ। उक्त भिडियो धेरैले मोवाइलमा सेभ गरेका छन्।

उक्त भिडियो किशोरीकी साथीले लिक गरेको हुन सक्ने आशंका छ। दुवै किशोरी मिल्ने साथी थिए। उनीहरुका बीच पनि अश्लिल भिडियो शेयर हुने गरेको थियो। त्यही क्रममा सहपाठीले नै लिक गरेको हुनसक्ने आँकलन प्रहरीले गरेको छ।

महेन्द्रनगरमा पछिल्लो समय एकपछि अर्को गरी यस्ता अश्लिल भिडियोहरु सार्वजनिक भइरहेका छन्।

]]>