हरिबोधिनी एकादशीः तुलसिको विवाह गरि हर्षउल्लाहसका साथ मनाइदै

शुक्रबार, २२ कार्तिक २०७६    क्यापीटल संवाददाता



हरिबोधिनी एकादशीः तुलसिको विवाह गरि हर्षउल्लाहसका साथ मनाइदै

कार्तिक २२ । 
आज हरिबोधिनी एकादशी । आजको दिनलाई यस वर्षको ठुला चाडपर्वहरुको अन्त्यका रुपमा पनि लिने गरिन्छ । 

कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि रहेको छ । हरिबोधिनी एकादशी एउटा महत्वपूर्ण एकादशी हो, यस एकादशीलाई यसको महिमाका कारणले ठूली एकादशी पनि भन्ने गरिन्छ । आजको दिन भगवान विष्णुप्रति समर्पित दिन हो, आजको दिन नै हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान उठ्नुहुन्छ भन्ने जनविश्वाश पनि रहिआएको छ ।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा आयूर्वेद समेत महत्वपूर्ण भूमिका लिएको तुलसीको विरुवाको महत्व ठूलो छ । धार्मिक र सांस्कृतीक अनि वैज्ञानिकरुपमा पनि अति उपयोगी तुलसीको विरुवा आङ्गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ । तुलसीको फुललाई सुकाएर राखेर प्रयोग पनि गर्ने गरिन्छ । जसलाई मञ्जरी भनिन्छ । त्यस्तै तुलसीको डाँठलाई काटेर सुकाएर आएका मसिना काठ जस्ता टुक्राका पवित्र माला अत्यन्त पवित्र मान्ने चलन रहेको छ । 

औपचारीक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको विरुवा हरिबोधिनी एकादशीसम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधीपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि रहेको छ ।

आजकै दिन तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाँउदा रुद्रि पूजा पनि गरिने चलन छ । अब त खेतमा धानका वाला पनि लहलहाउन थालिसके, नयाँ धानको चामल कुटेर त्यस्मा दही, सख्खर आदि मिसाएर न्वाँगी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यसवर्षको नयाँ अन्नको औपचारीक प्रयोग गर्ने दिन पनि हो ।

आजको दिन भक्तालुहरु विहानैदेखि नुहाईधुवाई अनि चोखोभएर व्रत बस्ने अनि फलाहार तथा कन्दमुल चोखोनितो खानेकुरा लिने चलन छ । आजको दिन विभिन्न जातजातिका मानिसहरु देउसिभैलो खेलेर तिहारको विदाई गर्ने चलन पनि रहिआएको छ । 
 


प्रतिकृया दिनुहोस