शर्मिला पन्तद्वारा प्रदेश प्रमुखमा पदभार ग्रहण

नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्तले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार, २२ कार्तिक २०७६    क्यापीटल संवाददाता



शर्मिला पन्तद्वारा प्रदेश प्रमुखमा पदभार ग्रहण

धनगढी, २२ कात्तिक ।
नवनियुक्त सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्तले पदभार ग्रहण गरेकी छन् । बिहिबार धनगढी स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख पन्तले पदभार ग्रहण गरेकी हुन ।


प्रदेश प्रमुख पन्तलाई प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकार मन्त्री लगायत उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।


प्रदेश प्रमुख शर्मिला पन्त बुधवार साँझ धनगढी पुगेकी थिईन । कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख शर्मिला पन्तल प्रदेशको विकासका लागि दलहरु र सबैको सुझाबबाट अघि बढ्ने बताईन्। सुदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा प्रदेश प्रमुखले बुधवार नै पदभार ग्रहण गरिसकेका छन् ।
 


प्रतिकृया दिनुहोस