नेकपा (विप्लब) द्धारा कैलालीको बर्दगोरियामा मशाल जुलुस प्रदर्शन

भारतले नेपालको लिपुलेक, कालापानी लगायतका भुभाग आफ्नो देशको नक्सा मा समावेश गरेर प्रकाशन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी को केन्द्रीय कार्यक्रम अनुसार बर्दगोरिया गाउपालिकामा मशाल जुलुस प्रदर्शन गरेको छ ।

बिहिबार, २१ कार्तिक २०७६    क्यापीटल संवाददाता



नेकपा (विप्लब) द्धारा कैलालीको बर्दगोरियामा मशाल जुलुस प्रदर्शन

कैलाली कात्तिक, २१ ।
नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले कैलालीको बर्दगोरियामा मशाल जुलुस प्रदर्शन गरेकोछ । भारतले नेपालको लिपुलेक, कालापानी लगायतका भुभाग आफ्नो देशको नक्सा मा समावेश गरेर प्रकाशन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी को केन्द्रीय कार्यक्रम अनुसार बर्दगोरिया गाउपालिकामा मशाल जुलुस प्रदर्शन गरेको छ । 


गाउँ कमिटी इन्चार्ज अनमोल रावलको नेतृत्वमा भएको मशाल जुलुस लाई सम्बोधन गर्दै भारतीय साम्राज्यवादले नेपाली भुमिमा गरेको हस्तक्षेप आफुहरूलाई अस्विकार्य भएको बताए ।

 

भारतीय साम्राज्यवादले सिमा अतिक्रमण गरेर प्रकाशन गरेको नक्सा नसच्याए आफ्नो पार्टी राष्ट्रियता को रक्षा का लागि कडा संघर्षमा जान बाध्य हुने र आफु बलीदानी दिन समेत तयार रहेको बताए ।
 


प्रतिकृया दिनुहोस