उपचारका क्रममा मृत्यु भएका व्यक्तिको शब आफ्न्तले बुझे

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको शब आफ्न्तले बुझेका छन ।

बिहिबार, २१ कार्तिक २०७६    क्यापीटल संवाददाता



उपचारका क्रममा मृत्यु भएका व्यक्तिको शब आफ्न्तले बुझे

धनगढी कात्तिक, २१ । 
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको शब आफ्न्तले बुझेका छन । अस्पतालको पहलमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा चिकित्सकहरू, प्रशासनका प्रतिनिधि तथा मृतकका आफन्तबिच छलफल पछि शब उठाउने सहमती भएको हो ।


कैलालीको गौरीगंगा नगरपालिका–६ का ४० वर्षीय गगन सिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विरोध गरेका थिए । पेट दुखेर अस्पताल भर्ना भएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालको वातावरण तनाव ग्रस्त बनेको थियो ।

 
बुधबार बिहान ११ बजे पेट दुखेपछि सेती अस्पतालमा भर्ना भएका कुँवरलाई बेलुकी ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसको केही बेरमा २५–३० जनाको सङ्ख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरबाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । 


अस्पताल र मृतकका आफन्तबिच सहमति खोज्न बिहीबार बिहान ८ बजे सर्वपक्षीय बैठक बसेको थियो । पीडित पक्षले मृतकका छोराछोरीलाई पढाइ खर्च दिनुपर्ने र उपचार निःशुल्क हुनुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने लगायत माग राखेका थिए । 


प्रतिकृया दिनुहोस