ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

पढ्नको चिन्ताले, फेरी भागे मामा घर बाट एक बालक

कृपया बालक लाई कसैले भेटाएमा ९८६५७७८१२६, ९८४०३७८७१५ र ९८५८४८८६४४ अथवा १०० मा सम्पर्क गरि नजिकको प्रहरी कार्यालयमा बुझाई दिन हुन बिनम्र अनुरोध छ ।

बिहिबार, २१ कार्तिक २०७६    क्यापीटल संवाददाता



पढ्नको चिन्ताले, फेरी भागे मामा घर बाट एक बालक

धनगढी कात्तिक, २१ । 
होस्टेल मा पढ्न जाने चिन्ताले १० बर्षिय बालक आषिश थापा भागेका छन् । बाजुरा जिल्ला घर भई हाल धनगढी स्थित एरिष्टो बोर्डिङ हाई स्कुलमा कक्षा २ मा अध्यनरत आषिश थापा मोतिचोक को डिलाईट स्कुल को बाटो हुदै दक्षिण तिर भागेका छन् । 


बालकका मामा के.बि. एडी का अनुसार थापा होस्टेल मा पढ्न जाने चिन्ताल भागेकम हुन् । थापाले फोटोमा जस्तै टि(सर्ट, एरिष्टो बोर्डिङ हाई स्कुलको पोसाक निलो रङ्गको पाईन्ट र ईस्कुलकै नाम भएको पेटी लगाएका छन् । 


कृपया बालक लाई कसैले भेटाएमा तुरून्त निम्न नम्बर हरुमा सम्पर्क गरिदिनुहोला । (मामा के.बि. एडी) (९८६५७७८१२६, ९८४०३७८७१५) र ९८५८४८८६४४ अथवा १०० मा सम्पर्क गरि नजिकको प्रहरी कार्यालयमा बुझाई दिन हुन बिनम्र अनुरोध छ ।


यो भन्दा पहीले उनि मंगलबार मात्रै भागेर अलपत्र परेका थिए । धनगढीको एल.एन चोकमा अलपत्र परेको अबस्थामा फेला परेका थापा लाई वडा कार्यालय धनगढीमा जिम्मा लगाईएको थियो । 
 


प्रतिकृया दिनुहोस