धनगढीबाट एक बालक बेपत्ता

बिहिबार, २१ कार्तिक २०७६    क्यापीटल संवाददाता



धनगढीबाट एक बालक बेपत्ता

कार्तिक २१ ।
दिनप्रतिदिन बालबालिका बेपत्ताका घटना बढिरहेका बेला फेरि एक बालक बेपत्ता भएका छन् । 

धनगढी उपमाहानगरपालिका वडा नं ३ बस्ने कक्षा ९ मा अध्यन गरिरहेका हेमन्त पडाल बेपत्ता भएका हुन ।  १९ गते दिउसो १ बजे घरबाट बिना जानकारि निस्केका उनि सम्पर्क बिहिन भएका छन् । 

घरबाट निस्किएको ३ दिन भइसक्दा पनि नफर्किएपछि परिवारले प्रहरिमा उजुरी गरेका थिए । उजुरी भएसँगै उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरि कार्यालय कैलालिले जनाएको छ । 

बेपत्ता भएका पडाल कहिँकतै देखिएमा वा भेटिएमा जिल्ला प्रहरी कार्यलयको टोल फ्री नं. १०० वा उनको परिवारको मोबाइल नं. 980-0618523 मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन् । 


प्रतिकृया दिनुहोस