प्रदेश प्रमुख पन्तको धनगढीमा भव्य स्वागत, आज पदभार ग्रहण गर्ने

नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तले बिहीबार पदभार ग्रहण गर्ने भएकी छन् ।  बुधवार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहीबार बिहान

बिहिबार, २१ कार्तिक २०७६    Capital Live News



प्रदेश प्रमुख पन्तको धनगढीमा भव्य स्वागत, आज पदभार ग्रहण गर्ने

धनगढी, कात्तिक २१ ।
नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तले बिहीबार पदभार ग्रहण गर्ने भएकी छन् ।  बुधवार साँझ धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहीबार बिहान ११ बजे पदवहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।धनगढी विमानस्थलमा प्रदेश प्रमुख त्रिपाठीको भव्य स्वागत गरिएको थियो ।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विमानस्थलमा उनलाई स्वागत गरेका हुन् । प्रदेश प्रमुखको स्वागतका लागि मुख्यमन्त्रीसहित प्रदेश मन्त्रीहरू, उपसभामुख, प्रमुख सचेतक, प्रदेश सचिव लगायत पनि विमान स्थल पुगेका थिए ।  सुदूरपश्चिम प्रदेश बाहेक अन्य सबै प्रदेशमा प्रदेश प्रमुखले हिजै पदभार ग्रहण गरिसकेका छन् ।
 


प्रतिकृया दिनुहोस