कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर दहन

बिहिबार, २१ कार्तिक २०७६    Capital Live News



कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर दहन

कञ्चनपुर,कात्तिक  २१ ।
भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको कञ्चनपुरमा पनि विरोध प्रदर्शन भएको छ । भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्ताधारी युवा–विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका युवा र विद्यार्थीले बुधबार साँझ कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटा दहन गरेका छन् ।
 


प्रतिकृया दिनुहोस