पारस र सन्दिपले एसिया कप नखेल्ने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएका छन ।

मङ्गलबार, १९ कार्तिक २०७६    Capital Live News



पारस र सन्दिपले एसिया कप नखेल्ने

काठमाडौं, १९ कात्तिक ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेले बंगलादेशमा हुने इमर्जिङ एसिया कप नखेल्ने भएका छन । युएईको आबुदावीमा हुने टी–१० क्रिकेटका लागि पारस र सन्दिपले इमर्जिङ कप नखेल्ने भएका हुन । दुबैले क्यानमा इमर्जिङ कप खेल्न नभ्याउने भन्दै पत्र पठाएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

पूर्व कप्तान पारसले इमर्जिङ कपका बारेमा अचानक खवर आएको र आफुले प्रशिक्षकलाई पहिले नै जानकारी गरिसकेकाले इमर्जिङ कपमा खेल्न नसक्नै भन्दै इमेल गरेको बताए । यस्तै सन्दिपले पनि यस्तै किसिमको इमेल पठाएको उनले बताए ।

टी–१० मा सन्दिप ४५ हजार डलरमा कर्नाटका टुस्कर्ससँग अनुबन्ध भएका थिए भने पारस खड्का १० हजार डलरमा टीम आबुधावीबाट खेल्दैछन । दुबै खेलाडीले हाल काठमाडौंमा जारी एमसीसी विरुद्धको खेलपनि खेलेका थिएनन् । दुबै खेलाडी यहि प्रतियोगिताको तयारीमा रहेका छन । इमर्जिङ कपका लागि टिमको घोषणा हुनबाँकी नै छ । तर दुबै खेलाडीले क्यानलाई प्रशिक्षकको स्विकृती लिएर यो प्रतियोगिता नखेल्ने बताएका छन ।

नोभेम्बर १५ ताखिर देखि २४ तारिखसम्म हुने टी–१० क्रिकेटमा पारस पहिलो पटक खेल्न लागेका हुन । हुनत उनले कप्तानी पद त्याग्दापनि अन्तराष्ट्रिय क्रिकेटबाट केहि दिन विश्राम लिने बताएका थिए ।

यता सन्दिपले राष्ट्रिय टिमबाट खेल्न जस्तोसुकै लिग छोडेर भएपनि आउने बताएका थिए । तर यसपटक दुबैले इमर्जिङ कप अचानक आएका कारण आफ्नो पूर्व निर्धारीत तालिका फेर्न कठिन भएको भन्ने राय देखाएका छन । जसमा पारसको टिमले पहिलो खेल क्वालान्दर्ससँग खेल्नेछन भने सन्दिपको टिम कर्नाटक टुस्कर्सले पहिलो खेल दिल्ली बुल्ससँग खेल्नेछ ।

इमर्जिङ टिम्स एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा हुने छ । त्यस्तै टि टेन कात्तिक २९ देखी मंसिर ८ सम्म यूएईमा हुने छ । पारस अबुधाबी टिमबाट खेल्ने छन् । त्यस्तै सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने छन् । इमर्जिङ कपमा समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।
 


प्रतिकृया दिनुहोस