किर्ते गरि सहकारीका अध्यक्षले गरे पत्रकारलाई जग्गा बिक्रि

मङ्गलबार, १९ कार्तिक २०७६    क्यापीटल संवाददाता



किर्ते गरि सहकारीका अध्यक्षले गरे पत्रकारलाई जग्गा बिक्रि

कार्तिक १९ । 
जग्गा माफिया दिनप्रतिदिन मौलाइरहेको बेला कैलालीको साविकको हसुलिया गाविस वडा नम्बर ९ की तिर्थी डगौरा थारुको झण्डै साढे १३ कठ्ठा जग्गा २०७४ चैतमा जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका साविकको साडेपानी गाविस ९ का विश्वप्रकाश पौडेलको नाममा बिक्रि भएको छ । 

भूमी सुधार तथा मालपोत कार्यालय धनगढीबाट प्रमाणित कागजपत्रलाई हेर्दा विश्वप्रकाशले तिर्थी डंगौरको नाममा रहेको कित्ता नम्बर २२, ३३, एक सय २९ र एक सय ९६ को  झण्डै साढे १३ कठ्ठा नौ लाख ५७ हजारमा आफ्नो नाममा पास गरेका छन् । 

आप्नो जग्गाको लालपुर्जा आप्mनै हातमा हुँदा हुँदै जग्गा बिहिन हुन पुगेको अमिर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीलाई जग्गाको कारोबार बारे थाहा पनि छैन । प्रौढ कक्षा पनि नपढेकी बुढी आमाले राजिनामा कागजमा कसरि हस्ताक्षर गर्नुभयो ?’  

जग्गा खरिद बिक्रि गरि ठगिमा संलग्न रहेका पत्रकारको  रुपमा कार्यरत सञ्चारकर्मी भरत बहादुर बोहोरा बारम्बार आप्mनो जग्गा हेर्न आएपछी अन्योलमा परेको परिवार गाउँपालिकामा सम्पर्क गर्दा उक्त जग्गा बिक्रि भइसकेको कुरा खुल्न आएका समिर चौधरी ले बताउनुभयो । उहाँले भन्नुभयो,‘जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका विश्वप्रकाश पौडेलले पुनः २ महिना मै भरत बहादुर बोहोरालाई बेचेको खुलासा भएपछी गाउँपालिका र प्रहरी प्रशासनमा उजुुरी गरिएको थियौँ’  । 

उजुरीको म्याद सकिएको ६ महिना बितिसक्दा पनि सुनुवाई नभएपछी अदालतमा मुद्धा दर्ता गरी २०७६ कार्तिक ३ गते अदालत पुग्नुभएको उहाँले ठगिमा संलग्न नाइकेका रुपमा रहेका प्रभुराम चौधरि उपस्थित नभएपछि पुनः म्याद थप हुँदा आप्mहरुले न्याय नपाउने हो कि भन्ने गुनासो गर्नुभयो । 

मालपोत कार्यालयबाट २०७४ को चैत ३० गते विश्वप्रकाश पौडेलले जग्गा आफ्नो नाममा पास गरेको देखिन्छ । उनले उक्त जग्गा २०७५ जेठ ९ मा डोटीको गैरागाउँका भरतबहादुर बोहोरालाई १५ लाखमा बिक्रि गरेका छन् । पौडेलबाट जग्गा खरिद गर्ने बोहोरा नेपाल पत्रकार महासंघ डोटी शाखाका साधारण सदस्य समेत हुन् ।

नक्कलि कागज बनाएर जग्गा राजिनामा गरिएको कागजमा राजिनामा गर्ने व्यक्तिले अंग्रेजिमा हस्ताक्षर गरेपछी आपैmमा शंका उत्पन्न भएको छ । प्रौढ कक्षासम्म पनि नपढेकी तिर्थि डगौराले राजिनामा कागजमा अंग्रजि अक्षरमा हस्ताक्षर गरेको पाइएपछी विषय अभै पेचिलो बन्दै गएको छ । 

ठगि गर्ने व्यक्तिमध्येका नाइके मानिने प्रभुराम चौधरीले आप्mनो गल्ति स्विकार गर्दा पनि उजुरीका अधारमा कैलारि गाउँपालिका को न्यायिक समितिले केहि गर्न भने सकेको छैन । अदालतमा विचाराधिन रहेको उक्त मुद्धामा अदालतले मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी गर्ने व्यक्तिलाई समेत हाजिर हुन भनेको छ । तर अहिले सम्म उनीहरु हाजिर भने भएका छैनन् । 

 

यसभन्दा अघि पनि चौधरीले धेरै मानिसहरुलाई ठगि गरि जग्गाको कारोबार गरेको खुल्न आएको छ । उनले स्थानीय भागिराम चौधरीको जग्गा जर्नल सिंहलाई बिक्रि गरिदिएका थिए अहिले जग्गा धनी आफैले रकम १५ लाख बढि तिरेर आफ्ना नाममा दुई बिघा जग्गा फर्काएको जग्गाधनी भागिरामका  छोरा तुलीराम चौधरीले बताउनुभयो । यसरी कैलालीमा तेस्रो पक्षलाई जानकारी नदिएर वा विभिन्न प्रलोभनमा पारी बढि मुनाफा कमाउन जग्गा दलालहरुको सक्रियता बढेको हो । 

जिल्लामा जग्गा धनीलाई जानकारी सम्म नदिएर दलालहरुले कित्र्ते हस्ताक्षर र कागजात बनाएर जग्गाको किनबेच गर्ने क्रम बढ्दै गएपछि सर्वसाधारण समस्यामा परेका छन् । त्यसमा मालपोत कार्यालयका कर्मचारी, जनप्रतिनिधी र जग्गा माफियाहरुको समेत मिलेमतोको आशंका गरिएको छ ।

भुमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर कुँवरले भने जग्गाधनीको जानकारी बेगर अर्काको नाममा जग्गा पास नहुने दावी गर्नुभयो । उहाँले  तिर्थी डगौरा थारुको हकमा पनि त्यस नभएको हुनसक्ने बताउँदै कागजपत्र हेरेर मात्र प्रतिक्रिया दिने बताउनुभयो । 
 


प्रतिकृया दिनुहोस