घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने सामान्य

मङ्गलबार, १९ कार्तिक २०७६    क्यापीटल संवाददाता



घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने सामान्य

धनगढी, कात्तिक १९ ।  
मंगलबार सुनको मूल्य घटेको छ । सुन मंगलबार तोलामा ३ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । यसअघि सोमबार ७१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । चाँदी आज तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको ८७० रुपैयाँ कायम गरिएको थियो ।
 


प्रतिकृया दिनुहोस