सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

सोमबार, १८ कार्तिक २०७६    Capital Live News



सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस

कात्र्तिक १८ ।

सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

बैठकले सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिला त्रिपाठीलाई सिफारिस गरेको छ। यस्तै डडेल्धुराका गोविन्दप्रशाद कलौनीलाई कर्णाली प्रदेशका लागि सिफारिस गरिएको छ । यसअघि कलौनीलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिने चर्चा थियो। तर नेकपाले निर्णय गर्दा नाम टुङगो लगाएपनि प्रदेश टुङगो लगाएको थिएन् । सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ। त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन र प्रदेश ५ मा धर्मनाथ यादवको नाम सिफारिस गरीएको छ।
 


प्रतिकृया दिनुहोस