ताजा अपडेट

नेपाली भूमि मिचिएको प्रती आपत्ति जनाउँदै धनगढीमा प्रदर्शन     |     टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |    

बसको ठक्करवाट ज्यान गुमाएकाको शव १५ घण्टा देखि सडकमै

कैलालीमा बसको ठक्करवाट ज्यान गुमाएकाको शव १५ घण्टा देखि सडकमै रहेको छ ।

सोमबार, १८ कार्तिक २०७६    Capital Live News



बसको ठक्करवाट ज्यान गुमाएकाको शव १५ घण्टा देखि सडकमै

कैलाली कात्तिक, १८ । 
कैलालीमा बसको ठक्करवाट ज्यान गुमाएकाको शव १५ घण्टा देखि सडकमै रहेको छ । जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझ बसले मोटरसाईकललाई ठक्कर दिदा ज्यान गुमाएका राम बहादुर चौधरीको शव अहिले सम्म सडकमै रहेको छ ।

दुर्घटनावाट दुई जनाको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र स्थानियहरुले हिजो साझँ पुर्वपश्चिम राजमार्ग ठप्प पारेका थिए । तर पछि साँझको समयमा लामो तथा छोटो दुरिका यात्रुहरु अलपत्र परेपछि आज बार्ता बस्ने गरि सडक मै शव राखेर यातायात सुचारु गरिएपनी आज बिहान ८ बजे देखी फेरि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका अर्का मोटरसाइकलमा सवार सोही ठाउँका ४२ बर्षिय मान बहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो ।

कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनीक खायर नेपालगञ्ज तर्फ जादै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक घोडाघोडी १० का ४० बर्षिय राम बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । घटना बारे स्थानीय जनप्रतिनिधि ,यातायात समितिका पदाधिकारी ,प्रहरी तथा मृतकको आफन्तहरु बिच अहिले बार्ता भइरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए ।
 


प्रतिकृया दिनुहोस