ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल हुदै, पारस पनि खेल्ने

नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९:१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सोमबार, १८ कार्तिक २०७६    Capital Live News



ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल हुदै, पारस पनि खेल्ने

काठमाडौं  कात्तिक, १८

नेपालले आज मेरिलेबोन क्रिकेट क्लब -एमसीसी_ सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९M१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् । बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।


प्रतिकृया दिनुहोस