ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

धनगढीमा युवक माथि सामुहीक हमला गर्ने समुहलाई पक्राउ गर्न प्रहरी असफल

कार्तीक ६ गते राती धनगढीको डिभोटी चोकमा भट्टमाथि ६/७ जनाको समूहले खुकुरी प्रहार गरी आक्रमण गरेको थियो। भट्टले घटनामा संग्लन रहेको भन्दै

शनिबार, १६ कार्तिक २०७६    Capital Live News



धनगढीमा युवक माथि सामुहीक हमला गर्ने समुहलाई पक्राउ गर्न प्रहरी असफल

धनगढी १६ । 
धनगढीका एक युवकमाथि खुकुरी प्रहार गर्ने गिरोह अझै पक्राउ परेको छैन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीका २२ बर्षीय एसपी भट्टमाथि धनगढीकै शिबनगरका युवाहरुले कार्तिक ६ गते राती हसनपुरमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरेको ११ दिन वितिसक्दा समेत संग्लनहरु पक्राउ नपरेका हुन्। कार्तीक ६ गते राती धनगढीको डिभोटी चोकमा भट्टमाथि ६/७ जनाको समूहले खुकुरी प्रहार गरी आक्रमण गरेको थियो। भट्टले घटनामा संग्लन रहेको भन्दै धनगढीकै सन्तोष शाह, विराट बोगटी र अनिष रावल विरुद्ध किटानी जाहेरी दिएको समेत एक हप्ता वितिसकेको छ । 

भट्टका बुवा घनश्याम भट्टले कार्तिक १० गते जिल्लाप्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका छन् । तर प्रहरीले उनीहरुलाई पक्राउ गर्न लापरवाही गरेको हो। खुकुरी प्रहारबाट भट्ट गम्भिर घाईते भएका छन्। भट्टको टाउकोमा तीन ठाउँमा खुकुरीले प्रहार गरेको गहिरो चोट छ भने उनको नाडी काटिएको छ। उनको औलापनि छिनालिएको छ । भट्टको धनगढीको निसर्ग अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको पीडितका बुवा घनश्याम भट्टले बताए। ‘छोराको चार दिन सम्म अस्पतालमा उपचार गराएपछि धनगढी फर्किने वित्तिकै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्तीक १० गते किटानी दिएका थियौँ,’ उनले भने, ‘घटनामा संग्लनहरु खुलेयाम घुमिरहेका छन्, तिहार मनाएको फोटो फेसवुकमै हालिरहेका छन्, तर प्रहरीले पक्राउगर्न चाँसो नै दिएको छैन्।’ 

छोरामाथि आक्रमण भएकै राती वडा प्रहरी कार्यालयलाई समेत जानकारी गराईएको उनले बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरीले घटनामा संग्लनहरुको खोजीकार्य जारी रहेको बताए। तर किटानी दिएको एक हप्ता सम्म पनि उनीहरु पक्राउ नपर्नमा प्रहरीमाथि आशंका उब्जिएको छ। 

भट्टका अनुसार घटना हुनु केहीदिन अगाडी मात्रै शाह, बोगटी र रावलमाथि उत्तरवेहडीमा अर्को समूहले कुटपिट गरेको थियो। उनीहरुमाथि कुटपिट भएको केही समयपछि भट्ट निसर्ग अस्पतालमा भर्ना भएकी हजुरआमा भेटेर फर्किरहेका थिए। कुटपिटमा भट्टकै संग्लनता रहेको भन्दै उनीमाथिपनि खुकुरी प्रहार भएको बुझिएको छ।
 


प्रतिकृया दिनुहोस