ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदै

धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको आयोजकको भनाई ।

शनिबार, १६ कार्तिक २०७६    Capital Live News



धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदै

कैलाली कात्तिक १६ । 
धनगढीमा आजदेखि लिटल फ्लावर क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।आयोजक संस्कार क्रिकेट एकेडेमीले खेल हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै सवै तयारी सकिएको जनाएको छ । संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले सवै तयारी सकेर प्रतियोगिताको उद्घाटनको तयारीमा बसेको बताए । उनले मैदान, पिच, सजावट लगायतका सबै काम सकिएको बताउँदै सहभागी टिमहरु पनि धनगढी पुगिसकेको र केही टिम खेल तालिका अनुसार धनगढी पुग्ने जानकारी दिए ।


शनिबारदेखि २६ गतेसम्म धनगढीकै संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ । 
विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए । धनगढी क्रिकेटको सहर भइसकेपछि विद्यालय स्तरीय प्रतियोगिता हुन आवश्यक रहेको उहाँको भनाई छ । 


यस्तै प्रतियोगिताको पुर्व सन्ध्यामा प्रतियोगिताको चौथो संस्करणको ट्रफी पनि सार्वजनिक गरिएको छ । शुक्रबार खेल मैदानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट र  क्रिकेट संघकै सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकाछन ।
 


प्रतिकृया दिनुहोस