ताजा अपडेट

टोपीमा भोट माग्ने नेकपाका दुई नेतामाथि कारवाही     |     नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद पोखरा स्थित फेवातालमा     |     नेपालको नक्सा सच्याउन परेको निवेदनमा सर्वोच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी     |     कैलालीको भजनीमा एकै दिन सनराइज बैंकको शाखासहित दुई एक्सटेन्सन काउण्टर बिस्तार     |     सुदूरपश्चिममा सात वडाअध्यक्ष लागि २२ जनाको मनोनय     |     स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. गोबिन्द केसी सेति अस्पतालमा भर्ना     |     नेपाल निर्माण व्यवसायी महासंघ सुदुरपश्चिम द्धारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र     |     धनगढीमा जय आर्यमा एजुकेशन प्रा.लि. संचालनमा     |    

नेपालमा पहिलोपटक पिसाब बेचेर पैसा कमाउदै

नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ ।

बुधबार, २९ असोज २०७६    Capital Live News



नेपालमा पहिलोपटक पिसाब बेचेर पैसा कमाउदै

म्याग्दी असोज २९,- नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । म्याग्दीको मङ्गला गाउँपालिकाले मानव मूत्र ९पिसाब० बेचेर पैसा कमाउने अभियान शुरु गरेको हो । अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा जर्किन वितरण गरेको छ । सो पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको छ । यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन् । मङ्गला गाउँपालिका ५ का किसानले मानव मूत्रको प्रयोग गरी खेती गर्न थालेका हुन् । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो अभियान चालेको बताएका छन् ।


प्रतिकृया दिनुहोस